काठमाडौं : सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ ।बुधबार बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।
मधेश प्रदेशका ८ जिल्लाहरूमा खडेरीका कारण खानेपानी, सिचाईं प्रणालीमा प्रभाव परेपछि सरकारले सो क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको बताइएको छ ।यसअघि असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij