Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रायो सागमा फेरि भेटियो अत्यधिक विषादी

रायो सागमा फेरि भेटियो अत्यधिक विषादी

काठमाडौं : मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । दोलखाबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।

यसअघि २४ असारमा पनि भक्तपुरबाट बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो । त्यसपछि २६ असारमा काभ्रेबाट बिक्रीका लागि ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादी भेटिएको थियो ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट