काठमाडौं: सत्ता साझेदार दल नेपाली कांग्रेसले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे आफ्नो धारणा सार्वजनिक गरेको छ। मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पूर्वपदाधिकारी र सभापति देउवाले पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा सक्रिय हुनु उचित नभएको निष्कर्ष निकालेका हुन्।
सोमबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा यसबारे सात नेताले छलफल गरेका थिए। सोही निर्णय सुनाउन उनीहरु आज देउवा निवास पुगेका हुन् । आज ती सातमध्येका पाँच नेता बूढानीलकण्ठ पुगेर देउवासँग छलफल गरे।
छलफलमा सहभागी नेता गोपानमान श्रेष्ठले राष्ट्रपति भइसकेपछि पुनः पार्टीको राजनीतिमा फर्किनु उचित नहुने बताउँदै भने–‘राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। भन्ने कुरा भयो। सभापतिको पनि यही धारणा रह्यो।’
गोपानमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजय गच्छेदार र डा प्रकाशरण महतसँगको छलफलमा सभापति देउवाले पनि यसबारे एमालेले निर्णय गर्नुपर्ने बताएका हुन्। यता, एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा नै गरिसकेकी भण्डारीका कारण एमालेभित्र पनि नयाँ गुट बनिसकेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि हालतमा भण्डारीलाई रोक्न चाहन्छन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहितका केही शिर्ष नेताहरुलाई भण्डारीको ‘इन्ट्रिै गराउन खोजिरहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij