Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

‘भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’

‘भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद आले मगरले भ्रष्टाचारमा संलग्न मन्त्रीहरूलाई सत्तारुढ दलहरू र प्रधानमन्त्री स्वयंले संरक्षण गरिरहेको आरोप पनि लगाएका हुन् ।

उनले भने, ‘अध्यक्ष महोदय म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ । किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ । भ्रष्टाचार गर्ने एक जना मन्त्रीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ । र थेग्न नसक्नेपछि निलम्बन गर्नुहुन्छ । एक जना मन्त्रीलाई निकाल्नुभयो । अर्को एक जना पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन ?’

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट