Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कुलिङ पिरियड लागू हुनैपर्छ : कांग्रेस प्रवक्ता महत

कुलिङ पिरियड लागू हुनैपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कम्परमाइज गर्न नसक्ने बताएका छन् ।

बीपी स्मृति दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुलिङ पिरियडमा कांग्रेस अडिग रहेको बताए । राष्ट्रिय सभामा रहेको विधेयकमा अहिले नेकपा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रश्ताव राखेका छन् ।

यसमा काँग्रेसले कम्परमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतले बताए । भूमि विधेयक लगायत महत्त्वपूर्ण विषयहरूमा एकलौटी लाद्ने काम स्वीकार्य हुन नसक्ने उनले बताए। गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्ने बताए । प्रवक्ता महतले झुटो बोलिरहेकाहरु नै सत्य हो जसरी समाजमा स्थापित भइरहेको प्रति डा महतले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट