Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

हाम्राे संस्कृति भनेकाे खुला संग्राहलय हुन् : मन्त्री पाण्डे

हाम्राे संस्कृति भनेकाे खुला संग्राहलय हुन् : मन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध सङ्गीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताएका छन् ।

स्व.अरुण मगरको २६ औँ स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान एवम् बृहत् सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्त्व भएको स्पष्ट पारे । उनले भने, ‘संस्कृति भित्र प्राण छ। हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौँ। हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो।’

मन्त्री पाण्डेले नेपालमा हाल १३१ वटा भाषाहरू बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गरे । उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन्।

‘हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौँ। अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,’ मन्त्री पाण्डेले भने ।

देउडा, कौणा र विभिन्न जातीय नृत्यहरूलाई अब मूलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ थियो । उनले संस्कृति सम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पुर्‍याएका प्रेमबहादुर थापालाई विशेष रूपमा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट