काठमाडौैं : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीबिच झन्डै २ घण्टा ‘वान टु वान’ वार्ता भएको छ । पार्टीभित्र भण्डारीको एमाले सदस्यता नवीकरण र सक्रिय राजनीतिमा आगमनबारे चर्को बहस भइरहेका बेला आइतबार एमाले कार्यालय च्यासलमा ओली र भण्डारीबिच झन्डै दुई घण्टा छलफल भएको हो । दुई नेताबिचको छलफलमा के भयो ? भन्ने दुवै नेताले बताइसकेका छैनन् ।
यद्यपि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दुई नेताबिचको छलफल सकारात्मक भएको टिप्पणी गरे । ‘उहाँहरूबिच झन्डै २ घण्टा वान टु वान कुराकानी भएको हो । ठ्याक्कै के भयो भन्ने त उहाँहरूलाई नै थाहा छ’, थापाले दुई नेताको भेटपछि भने, ‘तर उहाँहरू दुवैको बडिल्याङ्ग्वेज सकारात्मक छ ।’ २ घण्टाको भेटवार्तापछि च्यासलबाट निस्कने क्रममा दुवै नेताको अनुहार हसिँलो देखिन्थ्यो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij