Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा कांग्रेस–एमाले

मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा कांग्रेस–एमाले

काठमाडौँ : मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेका छन्। जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वको मधेस सरकारको एक वर्ष पूरा भएको छ । अब त्यहाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ। तर जनमत पार्टीले सरकार नछोड्ने देखिएपछि कांग्रेस र एमाले दुवैले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले भने समर्थन फिर्ता लिने परिस्थिति अहिले बनिनसकेको बताए । जनमत पार्टीले आफै सरकार छाडेर अर्को दललाई नेतृत्व सुम्पनु उपयुक्त हुने भन्दै उनले यदि त्यस्तो भएन भन्ने मात्र अरु स्टेपमा जाने बताए ।

उनले भने, 'जनमत पार्टीको एक वर्षको कार्यकाल पूरा भएको छ । उसले आफै छोड्नुपर्ने हो । यस विषयमा कुराकानी पनि भइराखेको छ। हेरौँ के हुन्छ ।' काङ्ग्रेस र एमालेका मधेस प्रदेशका नेताहरू अहिले काठमाडौँ आएका छन् । उनीहरू शीर्ष तहमा कुराकानी गरिरहेका छन्।

यता, जनमत पार्टी भने सरकार छाड्ने पक्षमा देखिएको छैन। सो पार्टीका संसदीय दलका नेता महेश यादवले तत्काल सरकार छाड्ने सम्भावना नरहेको र कांग्रेस, एमालेले हल्ला मात्र गरेको बताए । सरकारको कार्यकाल कति रहने भन्नेबारे गठबन्धनमा कुनै छलफल नभएको भन्दै उनले कांग्रेस–एमालेका नेताहरूले आफूखुसी कुरा गरेर सरकारलाई अप्ठ्यारोमा पार्न खोजिरहेको गुनासो गरे।

उनले भने, 'यदि त्यस्तो कुनै सम्झौता भएको भए हामीलाई पनि थाहा हुन्थ्यो। तर कांग्रेसलाई मात्रै यो सम्झौताको बारेमा थाहा छ। हामीलाई किन थाहा छैन ? यदि त्यस्तो सहमति भएको छ भने त माथिबाट पनि कुरा आउनुपर्‍यो।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij