काठमाडौं : एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दै सदस्यता नविकरण गराइसकेकाो बताउँदै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण नै नभएको पाइएको छ ।एमालेको जारी पोलिटब्युरो बैठकमा पार्टी सदस्यता नवीकरणको सन्दर्भमा विधानको धारा ८ र ९ आकर्षित हुने देखिएको र त्यसलाई पार्टीले गहन रूपमा छलफल गरी निर्णय लिने भन्दै भण्डारीको सदस्यता नविकरण नगरिएको स्रोतले बतायो ।
प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीमा यसबारे गम्भीर छलफल गरेर मात्रै निर्णय गरिने जानकारी गराएका छन् ।उनले भने–‘राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पुनः सदस्यता नवीकरण गर्ने प्रक्रियामा विधानको धारा ९ आकर्षित गरेको छ । यसमा अर्को कुनै ठोस निर्णय भएन भने नयाँ प्रक्रियाबाट पनि आउनु पर्ने हुन्छ ।’
एमालेका विधानको धारा ८ मा स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्तिबारे उल्लेख छ ।पोलिटब्यूरो बैठकमा यी धारालाई विभिन्न कोणबाट छलफल गरिएको तर निष्कर्षमा पुग्न नसकिएकाले भण्डारीको सदस्यता नविकरण तत्कालका लागि ‘होल्ड’ गराएको छ ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली भण्डारीलाई रोक्ने पक्षमा छन् भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतका केही नेताहरु भण्डारीलाई भित्र्याउन आतुर छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij