Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वामदेव र माधवलक्षित सूर्य थापाको टिप्पणी – अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल !

वामदेव र माधवलक्षित सूर्य थापाको टिप्पणी – अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल !

काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले वामदेव गौतममा माधवकुमार नेपालको आनन्द अर्थ न बर्थको टिप्पणी गरेका छन् ।शुक्रबार नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका थिए । एकता घोषणा सभामा वामदेव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अंकमाल गरेका थिए ।

सोही तस्बिरलाई लिएर नेता थापाले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गर्दै अंकमाललाई अर्थ न बर्थका हुन् । उनले वामवदेव र माधवको अंकमाललाई ‘लगनपछिको पोते’को संज्ञा दिँदै टिप्पणी गरे ।

थापाले वामदेवमा माधवकुमारको आनन्द अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल पनि भनेका छन् । उनले लेखेका छन्, ‘वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल ! ऊर्जा बेगरको अभिनय, २०५४ सालमा यो मतिले काम गरेको भए ? अनि, निःसर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए ? लगनपछिको पोते !’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट