Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

राप्रपाका उपाध्यक्ष गिरी पदमुक्त

राप्रपाका उपाध्यक्ष गिरी पदमुक्त

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उपाध्यक्ष गिरीसहितका चार नेताले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष लिङ्देनलाई आरोप लगाउँदै पार्टीमा अपूरणीय क्षति पुगेको आरोप लगाएका थिए । लगत्तै आज लिङ्देनले गिरीलाई पदमुक्त गरेका हुन् ।

उनीहरूले सगुन सुन्दर लावतीलाई संगठन विभागको प्रमुखबाट, पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएको दाबी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट