Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु : बामदेव गौतम

७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु : बामदेव गौतम

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा भएको हो। नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।

उनी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरियतामा रहनेछन्। एमालेले वेवस्ता गरेपछि नेता गौतम नेकपा एससँग एकता गर्न पुगेका छन् । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि वामदेव गौतमले आफू सय वर्ष हुँदासम्म कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने बताएका छन् ।

आफूलाई सय वर्षसम्म बाँच्छुजस्तो लागेको बताएका उनले विभाजित कम्युनिष्ट पार्टीलाई एउटै बनाउने प्रयास नछाड्ने बताए । उनले एमाले र माओवादीबीच एकता हुँदा आफूजति खुसी अरु कोही नभएको भनेपनि त्यो असफल भएको बताए ।

उनले भने–‘चार वर्षपहिले म आउन पाएको भए समाजवाद हुन्थ्यो। किनभने म लागेपछि हुन्छ। म लागेपछि समाजवाद निर्माण हुन्छ। सबैको साथमा लाग्ने हो, एक्लै लाग्ने होइन, यो आवश्यकता छ आजको ।’

उनले आफू आन्दोलनबाट आएको नेता भएको बताउँदै उनले भने–‘म एक्लै आएको छैन आज । एक्लै आउँदा कहिले पनि सफल भइनँ । चार वर्ष लाग्यो । त्यसो भएर आज म नेकपा एकता राष्ट्रिय अभियानको ७५ सदस्यीय केन्द्रीय कमिटीको समर्थन बोकेर आएको छु ।’ त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।

वामपन्थी एकताको लागि सही नीति र सिद्धान्त आवश्यक रहेको बताउँदै उनले भने–‘समीक्षा गरेर वामपन्थी एकताको साझा आधार तयार पारेर सम्पूर्ण वामपन्थीहरुलाई एकताबद्ध गर्नु आजको महत्वपूर्ण कर्तव्य हो । त्यसका लागि हामी आफैं बदलिनुपर्छ । हामीले पार्टीलाई बलियो बनाउनुपर्छ, गलत चिन्तन हामी भइरहेका छन्, त्यसकाविरुद्ध दृढतापूर्वक संघर्ष गर्नुपर्छ ।’

उनले एमाले र माओवादीबीच एकता हुँदा नीतिगत बनाउन नसकेको कारणले टिक्न नसकेको बताए । नेकपा एकताबद्ध हुँदा दुई तिहाइ मत प्राप्त गरेको भएपनि देशको कम्युनिस्ट आन्दोलन भयावह रूपमा दक्षिणपन्थी अवसरवादमा परिणत आरोल लगाए। नेकपा विघटनको दिनदेखि चौतर्फी राजनीतिक संकटमा फसेको उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट