Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

कोशी प्रदेशका सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना

सुनसरी : कोसी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लामा एकै पटक भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ। पूर्वाधार निर्माणलाई स्थानीय तहसम्म प्रभावकारी, पारदर्शी र तीव्र बनाउन प्रदेश सरकारले यो ऐतिहासिक कदम चालेको हो।

सुनसरीको इनरुवामा आयोजित विशेष कार्यक्रममा प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उक्त कार्यालयको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको घरदैलोमा सेवा पुर्‍याउने लक्ष्यसहित जिल्लामा पूर्वाधार कार्यालय स्थापना गरिएको बताउनुभयो।

“अब विकासका काम कागजमा होइन, मैदानमै देखिनेछन्,” उहाँले उद्घाटन समारोहमा भन्नुभयो, “हामी असारे विकासको परम्परा अन्त्य गर्दै परिणाममुखी योजनाका लागि जिम्मेवार प्रशासनिक संरचना निर्माणतर्फ अघि बढेका छौँ।”

मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षमा तोकिएका योजनाहरू असोज महिनाभित्रै सुरु गर्ने गरी सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिँदै विकास कार्यमा ढिलाइ नहुने स्पष्ट पार्नुभयो।उहाँले समानुपातिक बजेट विनियोजनमा प्राथमिकता निर्धारणको अभावकै कारण समस्या आएको स्वीकार्दै, अब प्रत्येक जिल्लाको आवश्यकता पहिचान गरी योजनागत विकास अघि बढाइने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट