इच्छाकामना : अस्पतालमा बिरामी जाँच्नमा व्यस्त हुने गरेका डा. भोजराज अधिकारी बुधबार इच्छाकामना ७ खेतबारी भन्ने ठाउँमा पुगे ।साथमा औषधी लिएर उनी घरघरमा पुग्दा कति पयले चिनेर नै डा. भोजराज हैन र ? भनी बोलाए । पूर्व घोषणा गरेर स्वास्थ्य जाँचका कार्यक्रम नराखी अकस्मात् जनताको घरदैलोमा नाम चलेका डा. पाउँदा स्थानीय खुशी भए ।
घाँस काट्दै गरेका, खाना पकाउँदै गरेकाहरू एकाएक जम्मा भए । सबैले आ आफ्ना स्वास्थ्य समस्या सुनाउन थाले । डा. ले सोही अनुसार जाँच र औषधी दिए । केही जटिल भएकालाई भरतपुरसम्म आउन पनि सुझाए । अकस्मात् रुपमा स्वास्थ्य जाँचको व्यवस्थापनको चाँजोपाँजो मिलाएको थियो, भरतपुरकै एप्पारी स्टेकले ।
एप्पारीले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा स्वास्थ्य जाँच कार्यक्रम राखेको थियो । पुष्पाञ्जली हस्पिटलसँगको समन्वयमा इच्छाकामना –७ खेतबारीमा उक्त कार्यक्रम गरिएको हो । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य जाँच र स्टेसनरी वितरण गरिएको हो,’ एप्पारी स्टेकका संचालक कृष्ण पौडेलले भने । ‘विद्यालय शिक्षा लिइरहेका धेरैलाई हामीले घरमै पुगेर स्टेसनरी समेत दियौ, उनले भने ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij