Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भूमि मन्त्री अधिकारीलाई प्रश्न : सुजन लामासँग तपाइँको भेट कहिले भयो ?

भूमि मन्त्री अधिकारीलाई प्रश्न : सुजन लामासँग तपाइँको भेट कहिले भयो ?

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अडियो प्रकरणमा डिल गरेको भनिएका पोखराका सुजन लामासँग चिनजान रहेको बताएका छन् । उनले पोखराको मालपोत अधिकृतलाई थमौती गराउन भन्दै आउँदा आफ्नो भेटघाट भएको बताएका हुन् । त्योभन्दा अघि उनीसँग कहिले भेट नभएको उनको दाबी छ ।

‘सुजन लामा रामचन्द्र अधिकारी (कास्कीका तत्कालीन मालपोत प्रमुख) को सरुवापछि केही समय थमाइदिनुपर्‍यो भन्दै आउनुभएको थियो । मैले हुँदैन भनेपछि जानुभएको थियो । अहिले आएर के लाग्छ भने रामचन्द्रले उहाँको काम गर्छु भनेको हुनपर्‍यो । त्यो बेला नै पहिलो पटक भेट भएको हो, त्योअघि भेट, चिनजान र कुराकानी कहिल्यै भएको थिएन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट