Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

गृहमन्त्री लेखक भन्छन् – छाउगोठमा बस्न बाध्य पार्नेलाई राज्यले दिने सुविधामा पुनर्विचार गर्छौं

गृहमन्त्री लेखक भन्छन् – छाउगोठमा बस्न बाध्य पार्नेलाई राज्यले दिने सुविधामा पुनर्विचार गर्छौं

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाउने र महिलालाई महिनावारीका बेला त्यहाँ बस्न बाध्य पार्ने व्यक्तिहरूलाई स्थानीय तहबाट प्राप्त सुविधामा पुनर्विचार गरिने चेतावनी दिएका छन् । बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरूसँगको भेटमा गृहमन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई यसबारे परिपत्र गर्न गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

उनले महिनावारीका क्रममा महिलालाई छाउगोठमा बस्न बाध्य पार्नेहरूलाई दिइने स्थानीय तहका सुविधा कटौती गर्ने गरी देशभरका स्थानीय तहलाई परिपत्र गरिने बताए । “महिनावारीमा अन्धविश्वासको गहिरो असर देखिन्छ,” मन्त्री लेखकले भने, “यसको निर्मूल गर्न अन्तर पार्टी महिला सञ्जालको सुझाव र सहयोग आवश्यक छ।”

मन्त्री लेखकले बलात्कार, हिंसा तथा महिलामाथि हुने अन्य प्रकारका अत्याचारहरूलाई राज्यले गम्भीरताका साथ लिएको स्पष्ट पारे। “महिलाको मर्यादा, स्वाभिमान र सुरक्षामा सरकार जिम्मेवार छ,” उनले भने, “अपराधीलाई कारबाहीको दायरामा ल्याउने काम भइरहेको छ।”

भेटमा सञ्जालकी अध्यक्ष ममता गिरीसहितको टोलीले महिला तथा बालबालिकामाथि हुने विभेद, हिंसा र त्यसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै मन्त्री लेखकलाई ज्ञापनपत्र पनि बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट