Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सिटामोलको गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

सिटामोलको गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक

काठमाडौं : आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘सिटामोल’को दोस्रो गीत ’मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतकार बाबुल गिरी पनि भिडियोमा देखिएका छन् ।संगीतकार बाबुल गिरीको संगीत तथा स्वर रहेको गीतको शब्द गोविन्द भट्टको छ। गीतले दर्शकमाझ फिल्मको हाइप उच्च बनाउने विश्वास निर्माण टिमको छ ।

राज बहादुर साने निर्देशित फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह–निर्मातामा रहेका छन् ।बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव महर्जन र शंकर महर्जनको द्वन्द्व रहेको फिल्म दिव्य सुवेदीले खिचेका हुन् ।

https://youtu.be/zhZwieTRDdM

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट