Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुरका स्वास्थ्य सस्था मापदण्ड बिपरित सन्चालनमा ,४८ घण्टा भित्र सम्पर्कमा आउन निर्देशन

भरतपुरका स्वास्थ्य सस्था मापदण्ड बिपरित सन्चालनमा ,४८ घण्टा भित्र सम्पर्कमा आउन निर्देशन

चितवन : भरतपुर महानगर भित्र सन्चालनमा रहेका केही स्वास्थ्य सस्थाहरु मापदण्ड बिपरित सन्चालनमा रहेको पाइएको छ । स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि,२०७७ भन्दा बाहिर गएर सन्चालन गरेको उजुरी महानगरमा परेपछी महानगरले अनुगमन गरेको हो ।

बुधबार महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा अनुगमनमा निस्केको टोलिले भरतपुरका आधा दर्जन स्वास्थ्य सस्थामा अनुगमन गरेको हो ।

टोलिले भरतपुर क्षेत्रमा सन्चालनमा रहेका अस्पताल,आयुर्वेदिक क्लिनिक,होमियोपेथिक क्लिनिक,स्वास्थ्य क्लिनिक तथा प्रयोगशालाहरुको अनुगमन गरेको हो ।

भरतपुर १० स्थित अस्पताल रोडमा रहेको जयबुद्व अस्पताल,भरतपुर १० वीरेन्द्र क्याम्पस रोड र भरतपुर ३ बेलचोकमा रहेको अनमोल आयुर्वेद उपचार केन्द्र तथा अनमोल आरोग्य केन्द्र,भरतपुर ३ आन्नद मार्गमा रहेको बैद्विक आयुर्वेद सेवा प्रा लि,भरतपुर १ पुल्चोकमा रहेकोे रुपाली होमियोप्याथिक क्लिनिक तथा रुपाली प्याथोलोजीमा महानगरले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा १५ शैयाको सन्चालन अनुमती पाएको जयबुद्व अस्पतालले बिना चिकित्सक सेवा दिइएको पाइएको छ । त्यस्तै उक्त अस्पतालले इमर्जेन्सी सेवामा कर्मचारी नै नराखी स्वीकृत शैया भन्दा बढी बेड राखेर सन्चालन गरेको पाइएको छ । यस्तै चिकित्सकहरु आफुलाइ पायक पर्ने समय बिहान तथा बेलुका मात्रै आउने गरेको पनि अनुगमनका क्रममा भेट्टिएको छ । जुन सन्चालन अनुमतिको ठाडो उल्लघन हो स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशब भट्टले भने,अब उहाँहरुलाइ मापदण्डअनुसार कारबाही हुन्छ ।

यस्तै अनमोल आयुर्वेद उपचार केन्द्र तथा अनमोल आरोग्य केन्द्रले भने नविकरण नगरेको,मापदण्ड भन्दा कम कर्मचारी राखेर सन्चालन गरेको पाइयो । त्यस्तै बैद्विक आयुर्वेद प्रा लिले अनुमती भन्दा बढी सेवा लिइएको पाइएको छ ।

अनुगमन गरिएका स्वास्थ्य सस्थाहरुलाइ ४८ घण्टा भित्र आबश्यकिय कागजात सहित महानगरको स्वास्थ्य शाखामा सम्पर्कमा आउन हामीले निर्देशन दिएका छौं अनुगमन समितिका सयोजक कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले भने,अब उहाँहरुलाइ भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नति सम्बन्धी कार्यविधि,२०७७ अनुसार कारबाही हुन्छ ।

अनुगमनमा कार्यबाहक नगरप्रमुख चित्रेसेन अधिकारी,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल,महानगरका प्रेस विज्ञ सल्लाहकार सुरेश चन्द्र अधिकारी,जनस्वास्थ्य अधिकृत केशव भट्ट, जनस्वास्थ्य निरीक्षक शिव पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट