काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगर सभामा रोचक दृश्य देखिएको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको जारी छलफलमा नगरसभा सदस्य शर्मिला परियारले बालेन सहित सिङ्गो नगरसभालाई उठ्न लगाएकी हुन् ।
उनले महानगरकी उपप्रमुख सुनिता डङ्गोल ग्लोबल लिडरको सूचीमा परेको भन्दै नगर सभाले बधाई दिनुपर्ने बताएकी थिइन् ।
‘उहाँको सम्मानमा सबै जना उठेर बधाई दिऊँ’ परियारले भनिन् । सुरुमा केहि बेर रोकिएर ताली बजाएका बालेन हाँस्दै उठेपछि नगर सभामा उपस्थितहरूले उठेर बधाई दिएका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij