Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सरकारका गुण र दोषको जिम्मेवारी कांग्रेस-एमाले दुवैले लिनुपर्छ : सिटौला

सरकारका गुण र दोषको जिम्मेवारी कांग्रेस-एमाले दुवैले लिनुपर्छ : सिटौला

काठमाडौँ : नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले लिनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले सरकारले राम्रा कामहरु पनि गरेको र सबै काम गर्न नसकेको अवस्था रहेको भन्दै सरकारले गरेका गुण र दोषहरू नेपाली कांग्रेस र नेकपा एमाले दुवै राजनीतिक दलहरूले लिनुपर्ने उल्लेख गरेका हुन् ।

सांसद सिटौलाले भने, ‘अहिले देशमा नेपाली कांग्रेस र नेकपा एमालेको सरकार छ । एमालेको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ । शिक्षा मन्त्रालय एमालेकै साथीहरूले सम्हाल्नुभएको छ । यो सरकारका गुण दोषको सबै जिम्मेवारी हामी दुवै पार्टीले लिनुपर्छ । हामीले केही राम्रा काम गरेका छौँ, सरकारमार्फत । केही गर्न सकेका छैनौँ । गर्दै गरेका छैनौँ त्यो पनि होइन, सबै गरेका छौँ त्यो पनि होइन । जनताका लागि हामीले नै काम गर्ने हो । शिक्षामा तीन तहकै सरकारको विशेष जिम्मेवारी छ । त्यो विशेष जिम्मेवारी हामीले निर्वाह गर्नुपर्छ ।’

सांसद सिटौलाले शिक्षा विधेयक छिटो टुङ्ग्याउनुपर्छ भन्ने मान्यतामा राजनीतिक दलहरू रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट