Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बालेनलाई प्रश्न : ‘न्यूरोडको व्यापार बन्द गर्न खोज्नु भएको हो ?’

बालेनलाई प्रश्न : ‘न्यूरोडको व्यापार बन्द गर्न खोज्नु भएको हो ?’

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको नगर सभा सदस्यले महानगर प्रहरीको ज्यादती भएको भन्दै कुरा उठाएका छन् ।वडा नम्बर २२ को क्षेत्रमा पार्किङ गर्ने बित्तिकै ह्विल लक गरेर आतङ्क मच्चाएको भन्दै वडा सदस्य चन्द्रमान तुलाधारले नगर सभामा बोलेका हुन् ।

न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाउँदा एक सय वटा जति पसल बन्द भइसकेको बताए ।

‘न्यूरोडको व्यापार बन्द गर्न खोज्नु भएको हो ?’ उनले नगर सभाका अध्यक्ष रहेका मेयर बालेन्द्र शाह(बालेन)लाई प्रश्न गरे । ‘कालोपत्रेमा रोक्नै नपाउने कुराको हिजोको पनि विरोध थियो । आज पनि विरोध रहेको छ’ उनले भने । उनले टुँडिखेलमा सेनाको हस्तक्षेप हटाउन माग समेत गरे । उनले खुल्लामञ्चमा पार्क बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट