काठमाडौँ : पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले ऊर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा इप्पानको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरू सहजीकरण गर्दै जानुपर्ने उनले बताए । विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्त्वपूर्ण ऊर्जा क्षेत्र रहेको बताए । प्रसारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेका उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij