Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्वास्थ्य बीमाको सेवा सुविधा अब दर्ता भएको तीन महिनामा उपलब्ध हुने

स्वास्थ्य बीमाको सेवा सुविधा अब दर्ता भएको तीन महिनामा उपलब्ध हुने

काठमाडौँ : स्वास्थ्य बीमा बोर्डले बीमितहरूका लागि सेवा सुविधा लागू हुने समय छोट्याउने निर्णय गरेको छ।बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ को पहिलो संशोधन, २०८२ अनुसार अब बीमा दर्ता भएको महिनालाई पहिलो महिना मानेर त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि स्वास्थ्य बीमा सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।

'नयाँ संशोधन अनुसार जुन महिना व्यक्तिले बीमामा दर्ता गराउँछन्, सो महिनालाई पहिलो महिना मानिने र त्यसपछिको तेस्रो महिनाको पहिलो दिनदेखि बीमाको सेवा सुविधा प्राप्त गर्न सकिनेछ,'स्वास्थ्य बीमा बोर्डद्वारा जारी सूचनामा भनिएको छ ।स्वास्थ्य बीमा बोर्डका अनुसार यो नयाँ व्यवस्था २०८२ साउन १ गतेदेखि लागू हुनेछ ।

517038787_642579568233778_5923677006688482830_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट