Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

केयूकेएलको कार्यालयमा तालाबन्दी

केयूकेएलको कार्यालयमा तालाबन्दी

काठमाडौं : आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालयमा तालाबन्दी गरेको छ ।

खानेपानीको माग गर्दै विगत ६ दिनदेखि आन्दोलनरत सुकुम्बासी संघको माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरिएको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए । सुकुम्बासी संघले विगत ६ दिनदेखी केयूकेएलको कार्यालय अगाडि धर्ना सहित कार्यालय घेराउ गर्दै आएको छ । आफूहरुको माग पूरा नभए नेताहरुको ढोका ढोकाका साथै सिंहदरबारमा समेत तालाबन्दी गर्ने चेतावनी आजपा प्रवक्ता साहले दिए।

काठमाडौंको सुकुम्बासी बस्तीमा सरकारले खानेपानी रोकेको र आफूहरु खानेपानीको माग गर्दै सरकारको ध्यानाकर्षण गराउदै आन्दोलन गर्दा समेत माग सुनुवाई नगरेपछि बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको आजपा नेता त्रिभुवन साहले जनाए ।

सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएकाले बाध्य भएर आन्दोलनमा उत्रिएको सुकुम्बासी संघका अध्यक्ष कालबहादुर विकले जनाए । सरकारले खानेपानी नदिएर मानवता विरोधी आपराध गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट