Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कालोमोसो छ्यापिएपछि जनमतका दुई नेताविरुद्ध प्रहरीमा उजुरी

कालोमोसो छ्यापिएपछि जनमतका दुई नेताविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ : जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् ।

आइतबार बारा क्षेत्र नम्बर २ जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह, कोषाध्यक्ष यादव, नेता साहमाथि जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहले कालोमोसो छ्यापेका बताइएको छ । उपाध्यक्ष साहले पार्टी अध्यक्ष डा.सिके राउतको निर्देशनमा आफूहरूमाथि कालोमोसो छ्यापिएको निलम्बित उपाध्यक्ष साहले बताए । उनले आफूहरूमाथि ज्यान मार्ने धम्की समेत आएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट