Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

तीन जना मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग

तीन जना मन्त्रीलाई कारबाही गर्न रास्वपाको माग

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री, संघीय मामिलामन्त्री र भूमिमन्त्रीलाई तुरुन्तै कारबाही गर्न माग गरेको छ ।सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाए ।

प्रश्न उठेका मन्त्रीहरूलाई कारबाही गरिनुपर्ने माग उनले भने–‘गृहमन्त्री रमेश लेखक, भूमिसुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन ? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस् ।’

भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले विगत ४७ दिनदेखि संसद्को कामकारबाहीमा भाग लिएको छैन । गृहमन्त्रीमाथि कारबाही गर्नुपर्ने रास्वपाको माग छ ।पछिल्लो समय मन्त्री गुप्ताको घुस डिल गरेको भन्दै अडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट