Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना

स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना

काठमाडौँ : शैक्षिक सत्र २०८२/०८३ को लागि स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रममा भर्ना खोल्न माग गर्दै सीटीईभीटीमा धर्ना दिएका छन्। स्वास्थ्य तथा विज्ञान प्रविधि मञ्चको आयोजनामा सीटीईभीटी परिसरमा धर्ना दिइएको हो।

सीटीईभीटीले स्वास्थ्य बाहेकका अन्य प्राविधिक कार्यक्रममा भर्ना आह्वान गरेको छ। तर, स्वास्थ्य क्षेत्रमा भने भर्ना अनिश्चित बनेको छ। तत्काल भर्ना खोल्नुपर्ने मागसहित धर्ना दिइएको मञ्चका महासचिव निर्मल सापकोटाले जानकारी दिए।

स्वास्थ्यको कार्यक्रममा भर्ना नखुल्दा विद्यार्थीहरू अन्योलमा छन् । विद्यार्थी, अभिभावक तथा कलेज सञ्चालनहरू अन्योलमा रहेपछि धर्ना दिन पुगेको उनको भनाइ छ।

सीटीईभीटीले यस वर्षदेखि प्रवेश परीक्षाबिनै विद्यार्थी भर्ना गर्न लागेको हो । त्यसका लागि एसईईमा ल्याएको नम्बरका आधारमा भर्ना लिइनेछ। सीटीईभीटीले भने चिकित्सा शिक्षा आयोगले सिट निर्धारण नगरिदिँदा भर्ना खोल्न ढिलाइ भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट