Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा को–को ?

विश्वकप क्वालिफायरका लागि क्लोज क्याम्पमा को–को ?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले टि २० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक क्वालिफायरका लागि ३२ जना खेलाडीलाई क्लोज क्याम्पमा राखेको छ । आज घोषित क्लोज क्याम्पको सूचीमा अलराउन्डर मोहम्मद आदिल आलमसहित पछिल्लो समय राष्ट्रिय टिमबाट हटाइएका कुशल मल्ल र सन्दीप जोरा छन् । त्यस्तै, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकारलगायत युवा खेलाडीहरुले पनि मौका पाएका छन् ।

नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टि २० विश्वकप छनोट खेल्दै छ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टि २० विश्वकपमा स्थान बनाउनेछन् ।

अलमले अहिल कमब्याक गरेका हुन् । आलम क्यानले २०७९ सालमा आयोजना गरेको टि २० क्रिकेट लिग प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा प्रतिवन्धमा परेका थिए । तर, अदालतले अदिलासहित फिक्सिङको आरोप लागेका पाँच क्रिकेटरलाई दावी नपुग्ने भन्दै सफाइ दिएको थियो ।

त्यसपछि क्यानको इन्टिेग्रिटी कमिटीले आवश्यक प्रक्रिया पूरा गरी प्रतिवन्ध फुकुवा गर्न सिफारिस गर्यो । त्यही बमोजिम २०८२ वैशाख २१ गतेदेखि लागु हुने गरी उनको प्रतिवन्ध फुकुवा भएको हो । प्रतिवन्ध फुकुवापछि उनी पहिलोपटक बन्द शिविरमा समेटिएका छन् र उनले राष्ट्रिय टिममा कमब्याक गर्ने बाटो खुलेको छ ।

प्रारम्भिक नेपाली टोली रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, बिबेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकर, अर्जुन घर्ती

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij