काठमाडौँ : एसी सी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको .उपाधि विजेता नेपाली टोलीलाई .नेपाल क्रिकेट सङ्घ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।मलेसियामा सम्पन्न इस्ट जोन कप विजेता नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरूप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।
नेपालसहित भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो।नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो ।
