Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कालिकामा स्कुटर आफैँ अनियन्त्रित हुँदा दुई जना घाइते

कालिकामा स्कुटर आफैँ अनियन्त्रित हुँदा दुई जना घाइते

भरतपुर : चितवनको कालिका नगरपालिका वडा नं। ९ दव्यटारबाट भरतपुर तर्फ आउदैँ गरेको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् ।

घाइते भएका स्कुटर चालक भरतपुर महानगर २ बस्ने २५ वर्षीय रोशन गुरुङ रहेका छन् भने उनलाई थप उपचारको लागी काठमाडौँ पठाइएको छ । त्यस्तै स्कुटरको पछाडी सवार रत्ननगर नगरपालिका १५ बस्ने २१ वर्षीय बसन्ती लामा रहेकी छन् । उनको भरतपुर सरकारी अस्पिलातमा उपचार भई रहेको प्रहरीले जनाएको छ । उक्त स्कुटर भने प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij