Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘प्रतिवैरम’को आइटम गीतमा प्रियंका

‘प्रतिवैरम’को आइटम गीतमा प्रियंका

काठमाडौँ : रोशन दासको निर्देशन रहेको फिल्म ‘प्रतिवैरम’को आइटम गीतको छायाङ्कन गरिएको छ । मधेसको कथामा आधारित फिल्मको आइटम गीत चलचित्र विकास कम्पनी बालाजुमा भव्य सेट लगाएर खिचिएको हो ।

दुई दिन नियमित खिचिएको गीतमा अभिनेत्री प्रियंका कार्कीले नृत्य गरेकी छन् । जसमा प्रियंका नचाउने काम कोरियोग्राफर सुरेन बसेलले गरेका छन् । मधेशबारे बन्ने फिल्ममा त्यहाँको समस्या हुँदैन भन्ने भ्रम फिल्मले हटाउने निर्देशक दाशले बताए । उनले फिल्ममा मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुसँगै दाजु–बहिनीको भावनात्मक कथा पनि समेटिएको सुनाए ।

रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा र किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टको सहकार्य रहेको फिल्मको कथा निर्देशक दासले लेखेका हुन् भने पटकथा युवराज भट्टराईको छ ।

फिल्ममा सम्राट् दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, वीरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण बिक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतका कलाकारको मुख्य अभिनय रहनेछ ।

छायाङ्कन भएको आइटम गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास र स्वर रितिका श्रेष्ठ छ ।

नितेश घतानको छायाङ्कन रहेको फिल्मको आधा सकिएको र बाँकी बर्खा सकिएपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij