काठमाडौँ : साझा यातायात र नेपाल नेत्रज्योति संघ, काठमाडौंको आयोजनामा तथा कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार साझा यातायातका सम्पूर्ण कर्मचारीहरूका लागि निःशुल्क आँखाजाँच कार्यक्रम सम्पन्न गरिएको छ।
साझा यातायात केन्द्रीय कार्यालय परिसरमा सम्पन्न उक्त शिविरमा १७५ जना कर्मचारीहरूको आँखाको परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क चस्मा र औषधि वितरण गरिएको आयोजक संस्थाले जानकारी दिएको छ।
कार्यक्रममा साझा यातायात संस्थाका अध्यक्ष सुशील राज प्याकुरेल, निवर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्य कनकमणि दीक्षित, प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्याल, महाप्रबन्धक महेन्द्र राज पाण्डेय, साथै अन्य कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल नेत्रज्योति संघ काठमाडौंतर्फबाट सभापति अध्यक्ष हुकुम प्रसाद पोखरेल, अध्यक्ष प्रा. राजकुमार पोखरेल, कोषाध्यक्ष बद्री प्रसाद मैनाली, सहकोषाध्यक्ष श्रीमती अपराजिता मनोरंजन, र सदस्य प्रा. श्री विष्णु राई समेतको उपस्थिति रहेको थियो।
आँखा परीक्षण कार्य कीर्तिपुर आँखा अस्पतालका विशेषज्ञ डा. मनिषा श्रेष्ठ र दिपा खड्कासहित ७ जनाको प्राविधिक टोलीद्वारा सम्पन्न गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij