Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

उज्वेकिस्तानसँग जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

उज्वेकिस्तानसँग जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला फूटबल टोलीलाई जीतको शुभकामना दिएका छन् ।​

श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फूटबल टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार दिउँसो ‘भर्चुअल’ माध्यमबाट सफलताको शुभकामना दिएका हुन् । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा बुधबार भएको खेलमा नेपालले प्रतिस्पर्धी श्रीलङ्कालाई हराएर उत्कृष्ट प्रदर्शन गरेको थियो ।

भर्चुअल रूपमा नेपालबाट जोडिएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राई पनि प्रधानमन्त्रीको हौसलाबाट उत्साहित बनेका थिए ।

प्रतिस्पर्धी श्रीलङ्कलाई हराएर उत्कृष्ट प्रदर्शन गरेकोमा हर्षित प्रधानमन्त्री ओलीले आज उज्वेकिस्तानसँग हुने फाइनल खेलमा नेपालले जित्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij