Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

भरतपुर : चितवनको रिजाल फुड्सद्धारा उत्पादित दालमोठमा खाद्यस्तर गुणस्तरहीन पाइएको छ । रिजाल फुड एण्ड वेभरेज प्रालि चितवनले उत्पादन गर्ने रङ्गिला दालमोठको ब्याच नम्बर G 02 को दालमोठ पनि गुणस्तरहीन पाइएको विभागले जनाएको छ ।

विभागले बजार अनुगमबाट सङ्कलन गरिएको खाद्य पदार्थको नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाका सार्वजनिक खाद्य विश्लेषक समक्ष पेस गरिएको थियो । खाद्य विश्लेषक मार्फत परीक्षण गर्दा खाद्य पदार्थ न्यूनस्तर भएको पाइएको खाद्य निरीक्षक अधिकारी नवराज आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार बिक्री वितरण रोक्का गरी उक्त ब्याच नम्बरका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता ल्याउन विभागले निर्देशन दिएको छ । विभागले यसको विषयमा थप कारबाहीबारे भने खुलाएका छैन । विभागले उद्योगहरूले बजारबाट गुणस्तरहीन उत्पादन फिर्ता गरेर जानकारी दिएपछि यसबारे थप खुलाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट