धादिङ : बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका प्रादेशिक अस्पतालहरुको स्तर उन्नति गर्नुका साथै विरामीहरुलाई प्रदान गर्ने सेवा बढाएर जिल्लामा रहेका अस्पतालहरुमा उपकरणहरु थप्न सुरु गरेको छ ।यसैक्रममा मृगौलाका विरामीहरुलाई ध्यानमा राखेर प्रदेश भित्रका विभिन्न अस्पतालहरुमा डायलासिस मेसिनहरु थप गरेको छ ।
यसले जिल्लामा रहेको प्रादेशिक अस्पतालमा उपचारका लागि आएका मृगौलाका विरामीहरुलाई फाइदा पुगेको सेवाग्राहीहरुको भनाइ छ ।बिशेषगरी, पछिल्लो समय सरकारले प्रादेशिक अस्पतालहरुमा मृगौला रोग सम्वन्धि उपचारका लागि आएका विरामीहरुलाई लक्षित गर्दै हेमो-डायलिसिसका उपकरणहरु थप गर्न थालेको हो ।
यसै क्रममा धादिङ अस्पतालमा डायलिसिस गर्ने उपकरणहरु थपिएको छ। पछिल्लो समय मृगौलाका विरामीहरुको संख्या बढ्दै गएको र उपचार विधि समेत महङ्गो पर्ने भएपछि सरकारले मृगौलाका विरामीहरुलाई मध्यनजर राख्दै हरेक जिल्लामा हेमो-डायलिसिस गर्ने प्रविधि जडान गरेको हो । यसले स्थानीयलाई निकै सहज भएको छ ।
बागमती प्रदेश सरकारले सेवा संञ्चालनमा रहेका प्रादेशिक अस्पतालहरुमा उपकरण थप गरेको छ भने, नयाँ अस्पतालहरुमा पनि सेवा सुरु गरेको छ ।यसैक्रममा धादिङ जिल्लाको धादिङ अस्पतालमा पनि दुई ओटा नयाँ हेमोडाइलासिस मेशिन थप गरी सेवा थप विस्तार गरिएको हो । यससँगै धादिङ अस्पतालमा सात ओटा मेसिन जडान गरिएका छन ।
धादिङ अस्पतालको माग अनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाले उक्त दुई वटा डायलिसिस मेसिन उपलब्ध गराएको हो ।धादिङ अस्पतालका डाक्टर दिनेश रेग्मीका अनुसार अब उपकरण थप भएसँगै तीन सिफ्टमा डायलिसिस सेवा संञ्चालन गरिनेछ ।यो सेवाबाट धादिङका मात्र नभई नुवाकोट र गोर्खाका बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij