Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नारायणघाटको बालकुमारी कजेल एचएको नतिजामा बाग्मती प्रदेशमै दोस्रो

नारायणघाटको बालकुमारी कजेल एचएको नतिजामा बाग्मती प्रदेशमै दोस्रो

चितवन : हेल्थ हसिस्टेण्ट कार्यक्रम संचालन गरेको पहिलो ब्याचमै बालकुमारी कलेज उत्कृष्ट भएको छ । नारायणघाटमा रहेकको पब्लिक कलेज बालकुमारीमा उत्तिर्ण प्रतिशतको आधारमा बाग्मती प्रदेशमा उतकृतट नतिजा ल्याउन सफल भएको छ ।

बागमती प्रदेशका सिटिईभिटिबाट सम्बन्धन पाएका ३६ वटा कलेज मध्ये बालकुमारी कलेज दोस्रो भएको हो । कलेजले २०८०÷८१ बाट स्वास्थ्य संकाय अन्र्तगत एचएको पढाई सुरु गरेको हो । चितवन जिल्लामा बालकुमारी दोस्रो भएको छ । हालै प्रकाशित नतिजा अनुसार बालकुमारी कलेजमा ७७.७८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् ।

एचएको परिक्षाफलमा कलेजको ब्यवस्थापन , अभुभवि शिक्षक र सुविधासम्पन्न प्रयोगशालाको कारण नतिजा राम्रो आएको स्वास्थ्य संकायका प्रमुख अभय कुमार पण्डितले बताए ।

चितवनको पुरानो सामुदायीक कलेज भएपनि एचएमा भर्खरै पढाई सुरु गरेपछि पाएको सफलताले उत्साह जगाएको कलेजका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले बताए ।गुणस्तरीय पढाई भएकै कारण धेरै विद्यार्थी उत्तिर्ण भएको कलेजको दावी छ । कलेजका प्रिन्सिपल जगदीश्यवर खनालले एसईई दिएका विद्यार्थीको रोजाई बालकुमारी रहेको बताउँदै अन्यज्ञ भन्दा सस्तोमा पढाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट