बुटवल : लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत भोलि शनिबारका लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले एक सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएका छन् । यसै बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल प्रारम्भ गर्ने तयारी गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij