काठमाडौँ : सरकारले सहुलियतमा पार्किन्सन्स रोगको उपचार सेवा सात वटा अस्पतालबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बागमती प्रदेश र कोशी प्रदेशका सात वटा अस्पतालबाट सहुलियतमा उपचा सेवा दिने भएको हो ।
बागमती प्रदेशका वीर अस्पताल,त्रि.वि. शिक्षण अस्पताल,पाटन अस्पताल,चितवन मेडिकल कलेज र धुलिखेल अस्पताल रहेका छन् । त्यस्तै कोशी प्रदेशका वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोबेल मेडिकल कलेजमा पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने भएको हो ।
यी अस्पतालमा पार्किन्सन्सका बिरामीलाई औषधी, शय्या र प्रयोगशाला सेवा उपलब्ध गराइने भएको छ । यस्ता खालका बिरामीलाई एक लाखसम्मको उपचार खर्च उपलब्ध गराउने भएको छ ।
यो सेवा प्राप्त गर्न विपन्न बिरामीले स्थायी बसोबास भएको वडाको सिफारिस सहित सम्बन्धित अस्पतालमा समर्पक गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij