नुवाकोट : उत्कृष्ट सेवा प्रदान गरेबापत नुवाकोटको तारकेश्वरका विभिन्न स्वास्थ्य संस्था पुरस्कृत भएका छन् । तारकेश्वर गाउँपालिकाले उत्कृष्ट तीन स्वास्थ्य केन्द्रलाई नगदसहित पुरस्कृत गरेको छ ।
तारकेश्वर गाउँपालिकाले स्थानीय मापदण्डअनुरूप उत्कृष्ट सेवा प्रदान गरेका तीन स्वास्थ्य केन्द्रलाई पुरस्कृत गरेको छ । तारकेश्वर गाउँपालिकाले दाङसिङमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले नगद पुरस्कारसहित सम्मान गर्नुभयो ।उहाँले गाउँपालिकाको मूल्याङ्कनमा प्रथम भएको जोर चौतारा प्राथमिक स्वास्थ्य केन्द्र, द्वितीय भएको नेवार पानी प्राथमिक स्वास्थ्य केन्द्र र तृतीय भएको दाङ सीङ प्राथमिक स्वास्थ्य केन्द्रलाई नगदसहित सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो । स्वास्थ्य सेवालाई मानव हितमा ध्यान दिएर उच्च प्राथमिकताका साथ सेवा प्रदान गर्न उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
अध्यक्ष अधिकारीले जनताको आवश्यकता बुझेर सबै स्वास्थ्य केन्द्रहरुले जनगुनासो नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवा मानवको पहिलो र विशेष अधिकार भएका कारण यसको प्रभावकारितामा ध्यान दिनसमेत उहाँले निर्देशन दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij