Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भरतपुरमा आयुर्वेद अस्पताल बनाउन सरकारले दियो सार्वजनिक जग्गा

भरतपुरमा आयुर्वेद अस्पताल बनाउन सरकारले दियो सार्वजनिक जग्गा

४ असार, चितवन : सरकारले चितवनको भरतपुर महानगरपालिका- १५ शिवनगरमा १ सय बेड क्षमताको आयुर्वेद अस्पताल बनाउनका लागि जग्गा दिएको छ । मन्त्रीपरिषद्को असार २ गते बसेको बैठकले सो अस्पतालका लागि दुई विघा १३ कठ्ठा, १५ धुर सार्वजनिक जग्गा दिने निर्णय गरेको हो ।विगतमा जग्गा प्राप्तीका लागि धेरै प्रयास भए पनि उपलब्ध नहुँदा अस्पताल बनाउने योजना अघि बढ्न सकेको थिएन ।

संघीय सरकारले सो आयुर्वेद अस्पतालका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जग्गा नहुँदा भवन निर्माण हुन सकेको थिएन ।अस्पतालका लागि विगत तीन वर्षदेखि जग्गाको खोजी हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट