Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो

‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो

काठमाडौँ : शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको कथा उठाएको छ । फिल्म विभिन्न राजनीतिक दल, साहित्यकार तथा पत्रकारले हेरिरहेका छन् ।

यस्तैमा मङ्गलवार प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले पनि फिल्म हेरेका छन् । काठमाडौँको सुनधारास्थित क्युएफएक्स सिनेमा हलमा फिल्म हेरेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै फिल्मले सहकारी ठगीको समग्र पक्षलाई उजागर गरेको बताए ।

‘सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ फिल्ममा देखाइएको छ’, शाहीले भने– ‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ ।’

उनले अब यसले हामीलाई फेरि पनि संसदमा बोल्न बाध्य बनाएको धारणा राखेका छन् । मङ्गलवार साँझ नै फिल्म अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिस्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर विष्ट लगायतले पनि हरेका थिए ।

दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो ।

हिमाल कडरियाले निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij