Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

डा.विष्णु सापकोटा पुनः अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा चयन

डा.विष्णु सापकोटा पुनः अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा चयन

वासिङटन डिसी : अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को अध्यक्षमा पुन डा.विष्णु सापकोटा निर्वाचित भएका छन्। वासिङटन डिसीमा जारी एएनएमएफको २९ औ वार्षिक सम्मेलन तथा साधारण सभाले डा सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो।

२५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा डा नारायण न्यौपाने, सचिवमा डा नविन कैनी, कोषाध्यक्ष डा कल्पना श्रेष्ठ, सहकोषाध्यक्षमा डा सुसिल सुवेदी निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा डा विकास भट्टराई, डा विनोद ढुंगाना, डा विवेक वाग्ले, डा विनोद खड्का, डा.डिल्ली भुर्तेल, डा.गणेश चौधरी, डा.जीवन लामिछाने, श्रद्धा मानन्धर, उपेन्द्र काफ्ले, डा राजु सेन्चुरी, डा लक्ष्मण तिवारी, डा विरेन्द्र शाह, डा सन्तोष सापकोटा, डा सरोज कँडेल,डा.श्याम पौडेल, डा.निता थापा,डा.समिर गौतम,डा.अनन्ता सुवेदी,डा.भुपेष खड्का, डा मार्भिन ब्रुस्टिन निर्वाचित भएका छन्।

सन् १९९७ बाट सुरुवात भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनले स्थापनाकाल देखिनै नेपालको बृहत्तर स्वास्थ्य क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ। शिक्षा, तालिम र अनुसन्धानको प्रवर्द्धनका लागि पूर्वाधार निर्माण देखि चिकित्सा क्षमता अभिवृद्धि सम्मका विभिन्न गतिविधि सञ्चालन गरी नेपालको स्वास्थ्य सेवालाई अघि बढाउन सक्रिय रूपमा सहभागी हुँदै आइरहेको छ।

सन् १९९७ मा नर्थ अमेरिकामा रहेका नेपाली डाक्टर र नेपाललाई माया गर्ने समाजसेवीहरुको पहलमा यो संस्था स्थापना भएको हो। न्यूयोर्कमा दर्ता भएको यो संस्था सन् २००० मा अमेरिका नेपाल चिकित्सक प्रतिष्ठान एएनएमएफ नेपालमा पनि स्थापना भएको छ। सम्मेलन जुन १५ सम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट