Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मोहन वैद्यको स्वास्थमा सुधार

मोहन वैद्यको स्वास्थमा सुधार

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा सुधार हुँदै गएपछि आईसीयूबाट वार्डमा सारिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यलाई अहिले स्वास्थमा सुधार भएकाले चिकित्सकको सल्लाह अनुसार वार्डमा सारिएको छ ।

अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले आईसीयूमै राखेर उपचार गरिएको वैद्यको केही दिनमा डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

७९ वर्षीय वैद्यको छातीमा संक्रमण र दमको समस्या छ । दुई सातादेखि उनको आईसियुमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट