Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

कस्तो छ गायिका रचना रिमालको अवस्था ?

कस्तो छ गायिका रचना रिमालको अवस्था ?

काठमाडौँ : गायिका रचना रिमाल ह्याम्स अस्पतालमा भर्ना भएकी छन् । कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँ ल्याएर उपचार थालिएको हो । उनको अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । सङ्क्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको छ । चिकित्सकले उनको उपचार गरिरहेका छन् । उनको अवस्था बिस्तारै सुधार भएको बताइन्छ ।

सुरुमा उनलाई सेनाको हेलिकोप्टर मार्फत नेपालगन्ज ल्याइएको थियो । त्यसपछि काठमाडौँमा ल्याएर उपचार थालिएको हो । रिमाल रुकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन् । अचानक पेट दुखेपछि उनलाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट