Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

माओवादी केन्द्र खैरहनीको कार्यालय उद्घाटन

माओवादी केन्द्र खैरहनीको कार्यालय उद्घाटन

रत्ननगर  : पूर्वी चितवनको खैरहनीमा नेकपा माओवादी केन्द्र नगर कमिटीको शजिबार कार्यालय उद्घाटन गरिएको छ । नगर कमिटी अध्यक्ष ज्ञानबहादुर विसुरालको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमका बीच माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले कार्यालय उद्घाटन गरेका हुन ।

सो अबसरमा नेता पोखरेलले माओवादीको प्राथमिकतामा सरकार नरहेको बताए । माओवादीले भूई छाड्यो भनेर गुनासो आउन थाल्यो उनले भने अब माओवादी संगठन निर्माण र सदस्यता बृद्धिको लागि जनताको माझछ । सरकारको नेतृत्व गर्दा माओवादी संगठानिक रुपमा कमजोर भएको भन्दै उनले पार्टीलाई बलियो बनाउन अब जनताको माझमा हुन्छौं ।

पार्टीलाई पुर्नगठन गर्ने अभियानमा माओवादी रहेको भन्दै त्यसका लागि अभियान चलाएको बताए । गणतन्त्रको रक्षा अहिले मुख्य कार्यभार रहेको उनको भनाई छ । माओवादीको सांस्कृतिक आचारण स्खलित हुँदा पार्टी कमजोर भएको भन्दै उनले पार्टी निर्माणको लागि नयाँ उर्जाका साथ अगाडि बढेको बताए । नगर अध्यक्ष विसुरालले खैरहनीमा माओवादीलाई पुरानै अबस्थामा फर्काउने योजनाका साथ काम अगाडि बढाउने बताए । कार्यालय उद्घाटन र बैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

पार्टी पुनर्निमाणको अभियान अन्तर्गत विचलित कार्यकर्ताहरुलाई पार्टीमा फर्काउने, संगठन विस्तार गर्ने, जनविश्वास बढाउने खालका कार्यक्रम गर्ने उनको भनाई छ । कार्यक्रममा केन्द्रीय सदस्यहरु कन्चन खनाल, इश्वरी भट्टराई, प्रदेश कमिटी कोषाध्यक्ष संगिता भट्टराई,पूर्व प्रदेश सांसद भावना सुवेदी, खैरहनी इन्जार्ज कृष्णराज न्यौपाने, निर्वतमान नगर इन्चार्ज लक्ष्मी ढकाल, निवर्तमान अध्यक्ष रामेश्वर पोखरेल उपस्थित थिए ।

यसैबीच नगर कमिटीको आयोजनामा शनिबार नै बैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम गरिएको छ । नगर कमिटी अध्यक्ष विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव लिलामणि पोखरेलले सम्बोधन गरेका थिए । सो अबसरमा उनले नयाँ उर्जा लिएर जनताको माझमा जान नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij