Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु

चरीकोट : दोलखामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका जिल्लाको गौरीशंकर गाउँपालिका ४ डेपुङ भन्ने स्थानमा बोलेरो दुर्घटना भएको थियो ।

कालिन्चोक गाउँपालिकाको सिंगटी बजारबाट झ्याकुतर्फ जाँदै गरेको बोलेरो बेलुका ७ बजेर ३० मिनेट जाँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनाको खबर पाउनसाथ खटिएको प्रहरी टोली घाईतेहरुको उद्धार गरेको थियो ।

उद्धारको क्रममा उक्त बोलरोमा सवार रहेका ६ मध्ये ३ जनामा चोट लागि घाइते भएकोमा १ जना सामान्य र अन्य २ जनाको गम्भीर रहेको पाइएको प्रहरी जनाएको छ । घाईतेमध्ये जिल्ला दोलखा गौरीशंकर गाउँपालिका ४ डेपुङ बस्ने अन्दाजी ३२ वर्षकी डोल्मा शेर्पालाई उपचारका लागी चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पताल पठाईएकोमा अस्पतालले गएराति राति ११:३० बजे मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

सोही स्थान बस्ने ४५ वर्षकी फुलमाया शेर्पाको अवस्था गम्भिर रहेकोमा उपचारको लागी चरिकोटतर्फ लैजाने क्रममा वाटोमा आज विहान ०५ः४५ बजे मृत्यु भएको उहाँले बताउनुभयो दुवै मृतकहरुको शव हाल चरिकोट स्थित पशुपति चौलागाई स्मृति अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

घाईतेमध्ये छिरी शेर्पाको स्थानीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा नै उपचार भइरहेको र घटना सम्वन्धमा थप अनुसन्धानको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij