Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपालमै पहिलोपटक भारतीय क्यान्सर विशेषज्ञहरूसँग प्रत्यक्ष वेब सेमिनार, चितवनबाट सुरु भयो नयाँ पहल।

नेपालमै पहिलोपटक भारतीय क्यान्सर विशेषज्ञहरूसँग प्रत्यक्ष वेब सेमिनार, चितवनबाट सुरु भयो नयाँ पहल।

चितवनको रिज्वाइस एण्ड रिलाइभ हेल्थ प्रा.लि. को आयोजनामा नेपालमै पहिलोपटक भारतका वरिष्ठ क्यान्सर विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद हुने वेब सेमिनार "विनिङ्ग ओभर क्यान्सर" सम्पन्न भएको छ।

गैडाकोट इङ्ग्लिश स्कूल र भारतको हार्मोनी हेल्थ हब को सहकार्यमा जुम मार्फत आयोजित कार्यक्रममा क्यान्सरसम्बन्धी जनचेतना फैलाउने उद्देश्य राखिएको थियो।सेमिनारमा भारतको प्रतिष्ठित शाल्बी अस्पतालका डा. सत्येन्द्र कटेवा र डा. राकेश कुमार शर्माले प्रस्तुती दिनु भएको थियो।

डा. कटेवाले भन्नु भयो, “बालबालिकामा देखिने क्यान्सर उपचार योग्य हुन्छ, तर समयमै सही विशेषज्ञमार्फत उपचार हुन आवश्यक छ।”त्यस्तै, डा. शर्माले भन्नु भयो, “महिलाहरूले महिनामा एकपटक घरमै स्तनको आत्मपरीक्षण गर्न थाले प्रारम्भिक अवस्थामा नै क्यान्सर पत्ता लाग्न सक्छ।”

सह–आयोजक संस्थाका रूपमा रहेको गैंडाकोट इङ्ग्लिश स्कूलका प्रिन्सिपल हिरालाल अर्यालले भन्नु भयो, “अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञहरूसँग प्रत्यक्ष संवाद गराउने मौका हाम्रा बालबालिका र अभिभावकलाई पहिलोपटक दिलाउन पाउँदा अत्यन्तै खुसी लागेको छ।

कार्यक्रमबारे जानकारी दिँदै रिज्वाइस एण्ड रिलाइभ हेल्थ प्रा.लि. का अध्यक्ष कृष्णराज गैह्रेले भन्नु भयो, “यो कार्यक्रम नेपालको लागि ऐतिहासिक हो। भारत जानुअघि नै चितवनबाटै प्रत्यक्ष भारतीय विशेषज्ञहरूसँग भिडियो परामर्श गर्ने सुविधा हामीले सुरु गरेका छौं।”

उहाँले थप जानकारी दिँदै भन्नु भयो, “हालसम्म करिब एक हजार बिरामीले यो सेवा लिइसकेका छन्। हामी उपचारको सम्पर्क, रिपोर्ट व्यवस्थापन र अस्पताल समन्वयदेखि सबै सहजीकरण यहीँबाट गर्दै आएका छौं।”

कार्यक्रममा बालक्यान्सर र स्तन क्यान्सरसम्बन्धी भ्रम, प्रारम्भिक पहिचान, परीक्षण विधि र उपचार प्रक्रिया सरल भाषामा प्रस्तुत गरिएको थियो। देशभरका अभिभावक, शिक्षक र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट