गाजरको सेवन शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । गाजरमा प्रचुर मात्रामा भिटामिन सी, फोलेट, आइरन, भिटामिन के तथा भिटामिन ए जस्ता तत्व पाइन्छ । गाजर खाँदा शरीरमा इम्यूनिटी बलियो हुनुका साथै आँखा पनि लामो समय स्वस्थ रहन्छ ।
गाजरलाई सलाद, सुप, तरकारी तथा जुसका रुपमा सेवन गर्न सकिन्छ । गाजर खाँदा छालामा पनि राम्रो फाइदा पुग्छ । गाजरले शरीरको कमजोरी हटाउन मद्दत गर्दछ । आउनुहोस् जानौं गाजर खाँदाका अन्य फाइदाहरु केके छन् ।
गाजरका फाइदाहरु
छाला चम्किलो बनाउँछ
भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ ।
रतन्धो हुनबाट बचाउँछ
गाजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले रतन्धो हुनबाट समेत बचाउछ ।
मुटुको रक्षा
गाजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् ।
रोगप्रतिरोधी क्षमतामा वृद्धि
गाजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।
दाँतका लागि लाभदायी
यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।
बुढोपन रोक्छ
यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।
महिलाको महिनावारीमा लाभदायी शरीर डिटोक्स हुन्छ – शरीरबाट फोहोर टक्सिन बाहिर निकाल्न गाजर खान सकिन्छ । गाजर खाँदा शरिर डिटक्स हुन्छ ।
शरीर डिटोक्स निकाल्न सहयोग – शरीरबाट फोहोर टक्सिन बाहिर निकाल्न गाजर खान सकिन्छ । गाजर खाँदा शरिर डिटक्स हुन्छ ।
गाजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ ।
पाचन प्रणालीमा सुधार
गाजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ । कब्जियत हटाउछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij