Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

रक्तक्यान्सरको ‘टाईप’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण क्यान्सर अस्पतालमै

रक्तक्यान्सरको ‘टाईप’ पत्ता लगाउने ‘फ्लोसाइटोमेट्री’ परीक्षण क्यान्सर अस्पतालमै

चितवन : रक्त क्यान्सरको भेरियन्ट (टाइप) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शुरु भएको छ । अस्पतालले उपकरण ल्याएर चिकित्सक, प्राविधिकलाई तालिम समेत दिएर यो सेवा शुरु गरेको हो ।

अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा. ग्रेता पाण्डेका अनुसार सेवा शुरु गरेर ९० जना हाराहारीको परीक्षण समेत गरिएको छ । विगतमा यो परीक्षणका लागि बिरामीले महंगो शुल्क तिरेर भारत पठाउनु पर्ने पर्ने बाध्यता रहेको थियो । अस्पतालले यो सेवा शुरु गरेसँगै रु.१२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।

रक्त क्यान्सर भएका बिरामीको हड्डीभित्रबाट मासी निकालेर गरिने एक प्रकारको एड्भान्स परीक्षण हो । डा. प्रा.डाण्डेले भन्नुभयो “रक्त क्यान्सरको टाईप पत्ता लगाउन गरिने परीक्षण हो । ढाडबाट मासी निकालेर परीक्षण गरिन्छ ।”

एक जना डाक्टर र एक जना प्राविधिकलाई भारतको टाटा मेमोरियल क्यान्सर अस्पताल तालिमका लागि पठाईएकोमा उहाँहरु तालिम सकेर आएसँगै यहाँ परीक्षण शुरु गरिएको डा. पाण्डेले जानकारी दिनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउन मेसिन उपकरण खरिद र जनशक्तिलाई तालिम प्रदान गरेर सेवा थप गर्दै लगिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट