Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पर्यटन : महिला सशक्तिकरणको एक महत्वपुर्ण आयाम

पर्यटन : महिला सशक्तिकरणको एक महत्वपुर्ण आयाम

भरतपुर :  चितवनको भरतपुरमा पर्यटन : महिला सशक्तिकरणको एक महत्वपुर्ण आयाम उद्यमी महिलाहरुसहितको एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । महिला सशक्तिकरण तथा परिवर्तनशिल संस्था नेपालको आयोजना भरतपुरमा उद्यमी महिलाहरुसहित एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

भरतपुर महानगरपालिकाको साझेदारी र सहयोगमा मि जिल्ला समन्वय समिति चितवनको सभा हलमा प्रदेश सास.द ईश्वर सापकोटाको प्रमुख आतिथ्यमा सो गोष्ठीमा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै सासंद सापकोटाले महिला आर्थिक रुपमा सशक्तीकरण हुनु भनेको हामीले परिकल्पना गरेको सम्बृद्ध नेपाल हुनु भएको बताए ।

उनले महिला शशक्तिकरण नहुदाँसम्म समाजको नकारात्मक मानव निर्मित संरचना, बुझाई हटाउन सकिनेमा जोड दिए । यस्तै उनले अहिले महिला साथीहरु व्यवसायिक जीवन सुरु गरि सफल भइ उदाहरण पनि वन्नु भएको खुसी व्यक्र गरेका थिए ।

आर्थिक स्तर वृद्धिमा पर्यटन मार्फत महिलाहरुलाई अग्रसर गराउन गोष्ठी आयोजना गरेको महिला सशक्तिकरणकी अध्यक्ष संगिता भटट्राईले जानकारी दिईन् । संस्थाको सचिव पवित्रा रिजालले सञ्चालन गरेको कार्यक्रममा भरतपुर महानगरपालिका महिला विकास अधिकृत कलावती ओझा विशिष्ट अतिथि रहेकी थिईन् ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यलय चितवनको प्रहरी निरीक्षक निलम तामाङ, प्रशिक्षक समाजशास्त्री सम्झना वाग्ले भट्टराई , प्रशिक्षक, महिला उद्यमी मञ्चको निवर्तमान अध्यक्ष पार्वती सुवेदी, सिन्धु ढकाल, खेम दर्जी, संघसंस्थाको प्रतिनिधित्व गर्दै मञ्जु खाड, चेली नेपाल, श्रमिक नेपाल लगायतका प्रतिििनधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको उद्घाटन शत्र र तालिम शत्र गरि दुइशेसनमा कार्यक्रम संञ्चालन भएको थियो ।

तालिममा सहभागीहरु हस्तकाला सम्वन्धी सिपसिक्दै गरेका महिलाहरु जिल्ला उद्योग संघका महिला उद्यमीहरु हाट बजारमा व्यवसाय गर्ने महिलाहरु, दोहोरी गित गाउनेहरु कुकसँग सम्वन्धित प्लम्मिङ हाउस वाइरिङ,अकृषि सहकारी, गलैचा बुन्ने व्यवसायीहरु टेलरिङ, किरना पसल,चटपट व्यावसायीहरुको समेत दोश्रो शत्रको तालिममा सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij